चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ । चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् ।

 

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ रहेका छन् ।

 

थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराइएको छ भने निजी कलेजहरूको सिट सङ्ख्या यथावत् राखिएको छ । सरकारी शिक्षण संस्थामा कम शुल्कमा अध्ययन गर्ने अवसर विस्तार गर्ने उद्देश्यले नयाँ सिट थपिएका हुन् । 

 

यसैबीच, कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएसको पढाइ सुरु हुने भएको छ । त्यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३० सिट थपिएका छन् ।

प्रतिकृया दिनुहोस

महानवमीको दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर भक्तजनका लागि खुला

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत काठमाण्डौको हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । यो मन्दिर

विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालको जित, छैटौं स्थान पक्का

काठमाडौँ । बलिङमा पुनरागमन गर्दै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले हराउँदै लिग–२ मा छैटौं स्थान पक्का गरेको छ

आज दशैँको महानवमी, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ । दशैँ अर्थात् नवरात्र अन्तर्गत आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा

↑