दशैँका सामान भित्र्याउन ३ दिनका लागि खुल्यो तातोपानी नाका

काठमाडौँ । दशैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक गाडी नेपाल प्रवेश गरेका छन् ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति नेपालमा सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको हो ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लामाे लाइन लागेको बताउनुभयाे । उहाँका अनुसार सिचाङको न्यालममा ४५ भन्दा धेरै कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा रहेका छन् ।

चीनले गएकाे भदौ १५ गतेदेखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्णरूपमा बन्द गरेको हो ।

प्रतिकृया दिनुहोस

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ । चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् ।   शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये

दशैँको विदासँगै काठमाण्डौ उपत्यकामा चहलपहल घट्दै

काठमाडौँ ।  काठमाण्डौ उपत्यकामा चहलपहल विस्तारै घट्न थालेको छ । दशैँ मनाउन आफ्नो गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै उपत्यकाका सडक, बजार र व्यापारिक

नवनिर्वाचित कांग्रेस सभापति थापाद्वारा शपथ ग्रहण

काठमाडौँ ।  नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय शानेपामा आज

↑