नवनिर्वाचित कांग्रेस सभापति थापाद्वारा शपथ ग्रहण
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय शानेपामा आज आयोजित विशेष समारोहमा केन्द्रीय निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काले थापालाई शपथ गराउनुभएको हो ।
गएको असोज १८ देखि २३ गतेसम्म काठमाण्डौमा सम्पन्न पार्टीको १५औँ महाधिवेशन अन्तर्गत भएको चुनावमा थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो ।
शपथ ग्रहण समारोहमा वैदिक मन्त्रोच्चारणसहित धार्मिक विधि पूरा गरी निर्वाचन आयोगका संयोजक खड्काले थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
निर्वाचित प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको छ । महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूको शपथ ग्रहण भने दशैँपछि हुने कांग्रेसले जनाएको छ ।
शपथ ग्रहणपछि सभापति थापाले नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद वास्तविक लोकतन्त्रतर्फ र प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधारतर्फ लैजानुपर्ने बताउनुभएको छ ।
व्यक्तिकेन्द्रित चमत्कारिक दाबीले क्षणिक उत्साह ल्याउन सक्ने भए पनि समाजमा दिगो र स्थायी परिवर्तन संस्थाहरूको सुदृढीकरणबाट मात्रै सम्भव हुने उहाँको भनाइ छ ।
दशैँका सामान भित्र्याउन ३ दिनका लागि खुल्यो तातोपानी नाका
काठमाडौँ । दशैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि
चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए
काठमाडौँ । चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये
दशैँको विदासँगै काठमाण्डौ उपत्यकामा चहलपहल घट्दै
काठमाडौँ । काठमाण्डौ उपत्यकामा चहलपहल विस्तारै घट्न थालेको छ । दशैँ मनाउन आफ्नो गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै उपत्यकाका सडक, बजार र व्यापारिक



-1786786341.jpeg)




प्रतिकृया दिनुहोस