विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालको जित, छैटौं स्थान पक्का
काठमाडौँ । बलिङमा पुनरागमन गर्दै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले हराउँदै लिग–२ मा छैटौं स्थान पक्का गरेको छ ।
अल अमिरातमा हिजो भएको खेलमा नेपालले ओमानलाई १० रनले हरायो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।
ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८९ तथा हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा निर्धारित ५० ओभरमा अलआउट हुँदै २८० रन बनाएको थियो ।
रोहितले ८०, दीपेन्द्रले ६९ तथा देवले ५७ रन बनाए । लिग–२ को अंकतालिकामा शीर्ष–६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो । ओमानमा भएको श्रृंखलामा शुरुआती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल त्यसपछि शनिबार क्यानडासँग २४ रनले पराजित भएको थियो ।
अब नेपालको ३६ खेलमा ३० अंक भएको छ । लिग–२ को शीर्ष–६ मा पर्दा एकदिवसीय मान्यता जोगिने उच्च सम्भावना छ ।
धेरै ठाउँमा मौसम सफा : भोलि दशैँको टीकाको दिन पनि घमाइलो नै रहने
काठमाडौँ । दशैँको महानवमीका दिन आज देशका धेरै ठाउँमा मौसम सफा छ । आज तराईमा बिहानपख केही ठाउँमा हुस्सु/कुहिरो लागेपनि बिस्तारै हट्ने र दिनभर मौसम
तातोपानी नाका नियमित सञ्चालनको माग : दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए
काठमाडौँ । कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन माग गरिएको छ । नेपाल
महानवमीको दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर भक्तजनका लागि खुला
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत काठमाण्डौको हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । यो मन्दिर








प्रतिकृया दिनुहोस