भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

काठमाडौँ । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालका अनुसार २०८३ सालको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम साइतका रूपमा निर्धारण गरिएको हो ।

यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गते शुक्रवारदेखि शुरू हुनेछन् । २० गते धनत्रयोदशी अर्थात् धनतेरस र यमदीपदान गरिनेछ ।

कात्तिक २१ गते काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ । त्यस्तै कात्तिक २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ ।

कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरू हुनेछ । यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते बुधवार यमद्वितीया तथा भाइटीका मनाइनेछ ।

समितिका अनुसार भाइटीकाको दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ ।

दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाउने तथा मखमली र सयपत्रीका माला पहिर्‍याउने परम्परा छ ।

प्रतिकृया दिनुहोस

नेपाली कम्युनिष्ट पार्टी नुवाकोटको प्रथम जिल्ला समिति बैठक सम्पन्न, पाँच प्रस्ताव पारित

नुवाकोट । नेपाली कम्युनिष्ट पार्टी नुवाकोट जिल्ला समितिको प्रथम बैठक पाँचवटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।गत भदौमा सम्पन्न बैठकले जिल्ला

नुवाकोटको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पहिचान समेटिएको गीतको अडियो तथा भिडियो सार्वजनिक

दोहा, कतार । नुवाकोट सेवा समाज दोहा कतारले नेपालीहरूको महान् पर्व विजयादशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

काठमाडौँ । आउँदो १५ गते आइतबारदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने गाडीले शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले

↑