विराटनगरको तेस्रो जीत, पोखरा प्लेअफ होडबाट बाहिरियो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराउँदै तेस्रो जीत हासिल गरेको छ ।
पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । विराटनगरका बसिर अहमदले ३७, लोकेश बमले ३३, इसुरु उडानाले नटआउट २५ रन बनाए । पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २/२ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा १३२ रन बनाउँदा सबै विकेट गुमाएको थियो । पोखराका युवराज साम्राले ८४ रन बनाए ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए । उनले युवराज साम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नालाई लगातार आउट गर्दै ह्याट्रिक पूरा गरे । उनले ४ ओभरमा २७ रन दिँदै ६ विकेट लिए ।
सन्दीप लामिछाने एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो बलर बनेका छन् । यसअघि काठमाण्डौ गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए ।
यस्तै लामिछाने एनपीएलमा एकै खेलमा ६ विकेट लिने तेस्रो बलर बनेका छन् । यसअघि काठमाण्डौका शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए ।
यो जीतसँगै विराटनगर ६ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । पोखरा ६ खेलमा २ अङ्कसहित पुछारमा छ । याेसँगै पाेखरा प्लेअफ हाेडबाट बाहिरिएकाे छ ।
एनपीएलमा आजको दोस्रो खेलमा बेलुकी ५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स खेल्दैछन् ।
लुम्बिनी ५ खेलमा ७ अङ्कसहित तालिकाको तेस्रो र कर्णाली ५ खेलमा ४ अङ्कसहित नेट रन रेटका आधारमा सातौँ स्थानमा छ ।
नेपाली क्रिकेटको महाउत्सव एनपीएलको तेस्रो संस्करण आजदेखि
काठमाडौँ । नेपाली क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा गएको संस्करणका
एनपीएल विजेताले १ करोड ५० लाख पाउने
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज
भोलिदेखि शुरु हुने एनपीएलको सबै तयारी पूरा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भोलिदेखि शुरु हुने






प्रतिकृया दिनुहोस