गाडीमा ‘ओभरलोड’ नियन्त्रण गर्न ५ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव
काठमाडौँ । सरकारले सडक तथा पुलको संरक्षणका लागि मालवाहक गाडीको भारवहन क्षमतामा कडाइ गर्ने तयारी गरेको छ ।
क्षमताभन्दा धेरै ‘’लोड बोकेर सडक र पुलमा क्षति पुर्याउने मालवाहक गाडीलाई प्रतिपटक ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सडक विधेयकमा प्रस्ताव गरिएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाका अनुसार प्रतिकिलोमिटर २५ देखि ३० करोड रुपैयाँसम्मको लागतमा बन्ने आधुनिक ४ लेन सडकलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागिएको हो ।
थापाका अनुसार नेपालमा एउटा ‘एक्सल’ अर्थात् पाङ्ग्रा जोड्ने धुरीबाट सडकमा पर्ने भार १०.२ टनसम्म हुनुपर्ने कानूनी प्रावधान छ । मल्टिपल एक्सल प्रयोग गरेर एउटै ट्रकमा १०० टनसम्म सामान ढुवानी गर्न सकिने तर एउटै एक्सलमा धेरै भार पार्न नपाइने उहाँले बताउनुभयो ।
विधेयकमा प्रस्तावित जरिवानाप्रति ट्रक व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाडीले जरिवाना तिर्नुनपर्ने स्पष्ट पार्नुभयो ।
हाइड्रोपावरका ट्रान्सफर्मरजस्ता टुक्राउन नसकिने भारी उपकरणको हकमा पूर्वस्वीकृति लिएर, डाइभर्सन वा टेकाको व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले व्यहोर्नुपर्नेछ ।
कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन
काठमाडौँ । सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ
मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिने
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७ गते विश्वासको मत लिनुहुने भएको छ । उहाँले भदौ ७ गते बस्ने प्रदेशसभाको बैठकमा
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र
काठमाडौँ । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित







प्रतिकृया दिनुहोस