आज पनि सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा ३ हजार ३०० रुपैयाँले बढेको छ । आज सुन ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ ९ हजार ३०० रुपैयाँले बढेको थियो ।

अस्ति बुधवार सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले घटेको थियो । कारोबार हुने हप्ताको पहिलो दिन आइतवार सुनको भाउ ३ हजार ६०० रुपैयाँले र सोमवार १ हजार ६०० रुपैयाँले बढेको थियो ।

मंगलवार चाहिँ सुनको भाउ सोमवारजस्तै तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको भाउ पनि १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँमा करोबार भएको थियो । 

प्रतिकृया दिनुहोस

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

काठमाडौँ । लामो समयदेखि बन्द रहेर केही समयअघि परीक्षण उत्पादन गरेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ । उद्योग,

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ । भन्सार विभागका अनुसार

देशभर ९८ प्रतिशत धान रोपाइँ सकियो

काठमाडौँ । देशभर ९८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागले देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको हो । यो गएको वर्षको तुलनामा १.९२ प्रतिशतले