दसैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौँ । यस वर्षको दसैँमा घर जाने यात्रुका लागि यही असोज २३ गतेबाट  टिकट बुकिङ खुला गरिएको छ । 

यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी  राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपश्चात् महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिनुभएको छ । 

उहाँले आज सञ्चारकर्मीसँग कुरा गर्दै दसैँका लागि यातायात व्यवस्थापनको आवश्यक तयारी भइरहेको जानकारी गराउनुभयो ।

दसैँको समयमा राजधानीबाट  विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारीसाधनको व्यवस्थापन तथा यात्रु सेवासम्बन्धी तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ ।

महानिर्देशक पोखरेलका अनुसार यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको छ । 

यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

दसैँमा यात्रुलाई अनावश्यक दुःख नहोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा यात्रा गर्न सकुन् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको

काँग्रेस महाधिवेशन : मतदान भोलि बिहान ७ बजेका लागि तय

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदानको समय भोलि बिहान ७ बजेसम्मका लागि सारिएको छ । आज बिहान १०

चाडपर्वमा कुनै शंकास्पद गतिविधि भएमा तत्काल खबर गर्न प्रहरीको आग्रह

काठमाडौँ ।  चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ । चाडपर्व

↑