भोटेकोशी बाढीको असरले नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माण’ मा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ ।

बाढीका कारण जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत् उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आँकलन छ ।

कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ ।

पुनर्निर्माण तथा पुनर्स्थापनाका काम अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदाे आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ ।

यसैबीच पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको सरकारले जनाएको छ ।

सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्यकुमार मैनालीले विपद‍्बाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्नुभएको हो ।

सचिव मैनालीका अनुसार सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ । पुनर्निर्माणका लागि तत्काल ६३ अर्ब रुपैयाँ आवश्यक पर्ने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गरिने

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि विभिन्न साझेदार सङ्घसंस्था तथा स्थानीय तहसँग मिलेर तत्काल अस्थायी आवास निर्माणको काम

कांग्रेस महाधिवेशन : बन्द सत्रको छलफल सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो दिन बन्द सत्रको छलफल सकिएको छ । बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति

तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ । सिंहदरबारमा आज

↑