चाडपर्वमा कुनै शंकास्पद गतिविधि भएमा तत्काल खबर गर्न प्रहरीको आग्रह

काठमाडौँ ।  चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ ।

चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेले सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना महत्वपूर्ण हुने बताउनुभयो ।

नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्ने र सूचनाको गोपनीयता कायम गरिने प्रहरीले जनाएको छ । आपत्कालीन अवस्थामा नागरिकले प्रहरीको १०० नम्बरमा निःशुल्क फोन गर्न सक्नेछन् । सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २४सै घण्टा फोन उठ्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

चाडपर्वका समयमा बढ्न सक्ने डिजिटल ठगी, सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, दुष्प्रचार र डीपफेक सामग्रीमाथि पनि प्रहरीले निगरानी बढाएको जनाएको छ । एआईको प्रयोगबाट हुने अनलाइन ठगीलाई समेत यसपटकको चाडपर्व लक्षित सुरक्षा योजनामा समेटिएको छ ।

प्रहरीले नक्कली अनलाइन सपिङ तथा चाडपर्वका अफर, नक्कली लोटरी तथा गिफ्ट म्यासेज, फेक इन्भेस्टमेन्ट तथा प्रोफिट स्किम, मोबाइल बैंकिङ तथा डिजिटल वालेट ठगी र ओटीपी, पिन तथा पासवर्ड चोरी गर्ने फिसिङबाट सावधान रहन नागरिकलाई आग्रह गरेको छ ।

चाडपर्वका क्रममा लामो समय घरबाहिर जाने नागरिकलाई आफ्नो घर खाली रहेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रहरीले आग्रह गरेको छ ।

चाडपर्वका समयमा नागरिकको सुरक्षा, सहज आवागमन र शान्ति व्यवस्था कायम गर्न नेपाल प्रहरीले ५० हजारभन्दा बढी जनशक्ति परिचालन गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस

काँग्रेस महाधिवेशन : मतदान भोलि बिहान ७ बजेका लागि तय

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदानको समय भोलि बिहान ७ बजेसम्मका लागि सारिएको छ । आज बिहान १०

तोकिएकोभन्दा बढी गाडीभाडा लिनेलाई कारबाही हुने

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी गाडी भाडा नलिन आग्रह गरेको छ । महासंघका महासचिव डेकनाथ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ

↑