काँग्रेस महाधिवेशन : मतदान भोलि बिहान ७ बजेका लागि तय
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदानको समय भोलि बिहान ७ बजेसम्मका लागि सारिएको छ ।
आज बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेका लागि तोकिएको थियो ।
प्रेसबाट निर्वाचन सामग्री आउन ढिला भएपछि मतदानको समय भोलि बिहान ७ बजेका लागि सारेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले जानकारी दिनुभयो ।
मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न निर्वाचन समितिले आग्रह गरेको छ ।
पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक अर्ब ६१ करोड रुपैयाँ दिने
काठमाडौँ । अस्ट्रेलिया सरकारले नेपालको बाढीपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि थप एक करोड ५० लाख अस्ट्रेलियन डलर अर्थात् एक अर्ब ६१ करोड
नयाँ बसपार्कमा दशैँका यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले गोङ्गबुमा रहेको नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ
नेपाल टेलिकमको दशैँ, तिहार अफर स् मोबाइलमा सहुलियत दरका प्याकेज
काठमाडौँ । नेपाल टेलिकमले दशैँ, तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट, बोनससहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत








प्रतिकृया दिनुहोस