दशैँ मनाउन काठमाण्डौबाट गाउँ फर्किने यात्रुको चाप बढ्यो
काठमाडौँ । बडादशैँ शुरु भएसँगै काठमाण्डौको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । काठमाण्डौमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका हुन् ।
नयाँ बसपार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दशैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरु गाउँ फर्किने क्रम बढेको हो ।
नयाँबसपार्क सञ्चालन गरेको संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले यही असोज १७ देखि हिजो २५ गतेसम्म नयाँबसपार्कबाट मात्र दुई लाख सात हजारभन्दा धेरै बाहिरिएको जानकारी दिनुभयो ।
दशैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभयो ।
यही असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीमा पृथ्वी राजमार्ग भासिएर गाडी आवागमन अवरुद्ध हुँदा समस्या भएको महासचिव गौतमले बताउनुभयो ।
महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र गाडीको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ । नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको
नेपालबाट यस वर्षको मनसुन बाहिरियो
काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत आज असोज २८ गते यस वर्षको मनसुन
२ महिनामा वाणिज्य बैंकले १७ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाए
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको नाफा झन्डै साढे ७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र








प्रतिकृया दिनुहोस