२ महिनामा वाणिज्य बैंकले १७ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाए
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको नाफा झन्डै साढे ७ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्कअनुसार २० वटा वाणिज्य बैंकले कुल १७ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा कमाएका छन् ।
यो गएको वर्षको यही अवधिको तुलनामा ७.३२ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको साउन र भदौमा २० वटा बैंकले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका थिए ।
भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलकाे नाफा ३५.३ प्रतिशतले बढेर १ अर्ब ८० करोड २४ लाख रुपैयाँ पुगेकाे छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नाफाको वृद्धिदरका हिसाबले भने हिमालयन बैंक अगाडि देखिएको छ । हिमालयनको नाफा ५५ प्रतिशतभन्दा धेरैले बढेर ५७ करोड ५१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ३७ करोड ७ लाख रुपैयाँ नाफा कमाएकाे थियो ।
नेपाल एसबीआई बैंकले सबैभन्दा कम ४१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएकाे थियो । अघिल्लो वर्षको तुलनामा यस अवधिमा बैंकको नाफा १७.३२ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार एनआईसी एशिया बैंकको सञ्चित नाफा सबैभन्दा धेरै १० अर्ब ६७ करोड रुपैयाँले घटेको छ ।
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ । नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको
नेपालबाट यस वर्षको मनसुन बाहिरियो
काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत आज असोज २८ गते यस वर्षको मनसुन
१ लाख ३० हजार १२९ यात्रुले लिए दशैँका लागि अग्रिम टिकट
काठमाडौँ । दशैँ पर्व शुरू भएसँगै काठमाण्डाै उपत्यका छाडेर घर फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी र पेशा–व्यवसायका लागि सङ्घीय राजधानीमा








प्रतिकृया दिनुहोस