राष्ट्रिय भिटामिन ए कार्यक्रम २ हप्ता पर धकेलियो
काठमाडौँ । राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम यही कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ ।
नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत यस वर्षको पहिलो चरणको कार्यक्रम २ हप्ता पर धकेलिएको हो । विगतका वर्षहरूमा पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते अर्थात् आज र भोलिका दिन सञ्चालन हुँदै आएको भए तापनि यस वर्ष दशैँको सार्वजनिक बिदा परेकाले कार्यक्रमको मिति परिवर्तन गरी कात्तिक १७ र १८ गर्न लागिएको हो ।
सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत दोस्रो चरणको औषधि वितरण भने वैशाख ६ र ७ गते हुने गरेको छ । ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ’ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने गरिन्छ ।
ड्रोनमार्फत राहत सामग्री ढुवानी
काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ । राष्ट्रिय विपद् जोखिम
चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन
काठमाडौँ । चाडपर्वका बेला घर फर्कने यात्रुको सुरक्षा, सहज आवागमन तथा सम्भावित ठगी नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर २४ सै घण्टा उच्च सुरक्षा
धेरै ठाउँमा मौसम सफा : भोलि दशैँको टीकाको दिन पनि घमाइलो नै रहने
काठमाडौँ । दशैँको महानवमीका दिन आज देशका धेरै ठाउँमा मौसम सफा छ । आज तराईमा बिहानपख केही ठाउँमा हुस्सु/कुहिरो लागेपनि बिस्तारै हट्ने र दिनभर मौसम








प्रतिकृया दिनुहोस