ड्रोनमार्फत राहत सामग्री ढुवानी

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याइएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्‍याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ । 

दशैँका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो । प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट क्षेत्रमा राहत वितरण गर्न ड्रोन प्रभावकारी बनेको बताउनुभयो । 

बाढीमा सडक, पुललगायत भौतिक पूर्वाधार बगेपछि राहत सामग्री आपूर्ति गर्न प्राधिकरणलाई चुनौती थपिएको छ । प्रभावित नागरिकको उद्धार र राहतमा प्राधिकरणले ड्रोनको अधिकतम उपयोग गरेको छ । 

प्रतिकृया दिनुहोस

भोटेकोशी र त्रिशूली बाढीबाट बगर बनेका क्षेत्रमा दशैँको उत्सव न उमङ्ग

काठमाडौँ । भोटेकोशी र त्रिशूलीमा गएको भदौ १० मा आएको बाढीले बगर बनेका क्षेत्रमा यस वर्षको दशैँ निरस भएको छ । वर्षभरको थकान बिर्सेर आफ्ना आफन्तसँग टीका

दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दशैंको अवसरमा काठमाण्डौ उपत्यकामा निःशुल्क बससेवा सञ्चालन गरेका छन् । नेपाल प्रहरीले उपत्यकाका तीन

बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौँ । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक

↑