बाढीले बगाएको आरुघाट पुलमा बेलिब्रिज जडान

काठमाडौँ ।  नेपाली सेनाले धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान गरेर सडक आयाेजनालाई हस्तान्तरण गरेकाे छ ।

गएकाे असाेज २२ गते बूढीगण्डकी नदीमा बाढीले आरुघाटकाे मुख्य माेटरेबल पक्की पुल बगाएकाे थियाे । बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि यस सडक खण्डमा गाडी आवागमन ठप्प भएको थियो ।

सेनाले गएकाे शनिवार असाेज ३१ गतेदेखि बेलिब्रिज जडानकाे काम थालेकाे थियाे ।

झन्डै २७.४३ मिटर लम्बाइ र ४.२ मिटर चौडाइको बेलिब्रिज जडान भएसँगै धादिङ र गोरखा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज भएको छ ।

बेलिब्रिजमा आजदेखि दुईपाङ्ग्रे गाडी चल्न थालेका र भोलिदेखि चारपाङ्ग्रे गाडी पनि सञ्चालन हुने भएकाे छ ।

बेलिब्रिज सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने सेनाको विश्वास छ ।

प्रतिकृया दिनुहोस

चाडपर्वमा काठमाण्डौ उपत्यकामा रगत अभाव छैन : रक्तसञ्चार सेवा केन्द्र

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले चाडपर्वको समयमा आकस्मिक दुर्घटनाका घाइते, प्रसूति सेवा तथा नियमित

दशैँ मनाउन अहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

काठमाडौँ ।  दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झण्डै ५ लाख ३० हजारको संख्यामा यात्रु बाहिरिएका छन् ।  गएको असोज २५ गते घटस्थापनादेखि आज

दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा सञ्चालन

काठमाडौँ ।  दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बलले काठमाण्डौ

↑