आज विश्व पोलियो दिवस
काठमाडौँ । आज विश्व पोलियो दिवस, नेपालमा पनि पोलियोप्रति सचेतना जगाउने कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अक्टोबर–२४ तारिखका दिन विश्वभर विश्व पोलियो दिवस मनाउने गरिन्छ ।
यस दिन पोलियो उन्मुलनका लागि सचेतना जगाउने काम गरिन्छ । विश्वको कुनै एक देशमा पनि पोलियो देखा पर्नुको अर्थ सबै देशहरू पोलियोको खतरामा रहन्छ भन्ने हो । एक प्रकारको पोलियो भाइरसबाट मानिसको पेटको आन्द्रा हुँदै स्नायु प्रणालीलाई असर पुर्याउने, मुख तथा अनुहारमा सङ्क्रमण हुने, मांसपेशी कमजोर हुँदै ‘प्यारालाइसिस’को जोखिम हुने यो रोग उन्मूलनका लागि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन जोड दिइएको छ ।
नेपाल सरकारले ग्रामीण महिला स्वास्थ्यकर्मी परिचालन गरी देशभरका बालबालिकालाई निःशुल्क पोलियो खोपको व्यवस्था गर्दै आएको छ ।
एक हप्तापछि सञ्चालनमा आयो बेनी–दरबाङ सडक
काठमाडौँ । म्याग्दीको पश्चिमी भेगका तीन वटा पालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ । बेनी
बुकिङ खुलेको आधा घण्टामै सकियो एनपीएल उद्घाटन खेलको टिकट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलको अनलाइन बुकिङ खुलेको केही समयमै टिकट सकिएको छ । हिजो बेलुका ८ बजे खुलेको टिकट
मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला
काठमाडौँ । मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला भएका छन् । ट्रेकिङ एजेन्सिज् एसाेसिएशन अफ नेपाल (टान) ले मनास्लु लार्केपास







प्रतिकृया दिनुहोस