असोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । अघिल्लो महिना असोजमा आठ हजार नौ सय दुई जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।
यी पर्यटकबाट निकुञ्जले दुई करोड तीन लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपालीबाट एक सय, सार्क देशबाट एक हजार पाँच सय र अन्य देशका पर्यटकबाट तीन हजार प्रवेश शुल्क लिने गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा एक सय २५ तथा भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । यतिबेला पर्यटनका लागि ‘सिजन’ नै चलिरहेकाले पर्यटकको सङ्ख्या बढेको हो ।
सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाण्डौ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत् लुक्ला पुग्ने गर्छन् । कतिपय सडकमार्ग हुँदै सल्लेरीबाट लुक्ला पुग्ने गर्छन् ।फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।
यसैबीच पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन बढेको छ । बितेका दुई महिनामा काँकडभिट्टाबाट आठ सय ९० जना तेस्रो देशका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो ।
सेप्टेम्बरमा दुई सय ८७ जना र अक्टोबरमा ६ सय तीन जना तेस्रो देशबाट नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताउनुभयो । नेपालको निरन्तर दबाबपछि गएको अगस्टदेखि तेस्रो देशका नागरिकको आवतजावतका लागि भारतले नाका खुला गरेको हो ।
८ महिनामा आए ७ लाख २० हजार पर्यटक
काठमाडौँ । पछिल्लो ८ महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगष्टमा मात्र ७२ हजार ७१९ हजार पर्यटक
सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक
काठमाडौँ । सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ
सेवालाई चुस्त र प्रभावकारी बनाउने पर्यटनमन्त्री पाण्डेको प्रतिबद्धता
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतको सेवालाई चुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता










प्रतिकृया दिनुहोस