रसुवामा साढे ७ किलोभन्दा धेरै सुन बरामद
रसुवा । रसुवामा साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो ।
सात वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन साढे सात किलोभन्दा केही बढीजस्तो रहेको र बरामद भएकाे सुनकाे परीक्षणको काम भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।
स्याउ लिएर आएको कन्टेनरमा चालकको सिट नजिकै फल्स बटन बनाएर सुन राखेको पाइएको पौडेलले बताउनुभयो ।
सीमावर्ती बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा प्रहरीले सुन बरामद गरेको हो ।
रसुवामा ड्रोनमार्फत वनस्पति र घाँसका बीउ छरियो
काठमाडौँ । रसुवामा डढेलोले उजाड बनाएको वन क्षेत्रमा ड्रोन प्रविधिमार्फत वनस्पति र घाँसका बीउ छरिएको छ । २०६५ सालको भीषण डढेलोका कारण उजाड बनेको
खेलकुद क्षेत्रको विकासमा सक्दो सहयोग हुनेछः मुख्यमन्त्री लामा
रसुवा । बागमती प्रदेशका मुख्यमन्त्री वहादुरसिंह लामाले राम्रो अध्ययनका साथै खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीको ध्यान
रसुवागढी जलविद्युत आयोजनाको १ सय ११ मेघावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडियो
काठमाडौँ । रसुवा। १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाले ब्यवसायिक उत्पादन सुरु गरेको छ । चिलिमेको सहायक कम्पनी रसुवागढी जलविद्युत










प्रतिकृया दिनुहोस