चलचित्र ‘नरसिंहा’ आजदेखि देशभर प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र नरसिंहा आजदेखि देशभर प्रदर्शनमा आएको छ । चर्चित निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार गरिएको यो चलचित्रले नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ ।

विशेषतः महानायक राजेश हमालको आठ वर्षपछिको पुनरागमनले दर्शकहरूमा विशेष उत्साह थपेको छ ।

चलचित्र नरसिंहामा आशा पौडेल, सनिषा भट्टराई, समाइरा थापा, अमित गिरी, प्रभु श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, उषा खड्गी, नीति शाह, राज कटुवाल, नीर शाह र सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

राजुविक्रम थापाको छायाँकन रहेको चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी समावेश गरिएको छ । चन्द्र पन्तले द्वन्द निर्देशन गरेको चलचित्रमा  मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ ।

नरसिंहा सामाजिक, पारिवारिक र न्यायको पक्षमा आधारित कथामा निर्माण गरिएको चलचित्र हो ।

नेपाली समाजको समसामयिक यथार्थ, अन्यायविरुद्धको सङ्घर्ष र पारिवारिकसम्बन्धको उतार–चढावलाई प्रस्तुत गर्दै यस चलचित्रले दर्शकलाई भावनात्मक रूपमा छुने प्रयास गरेको छ ।

प्रतिकृया दिनुहोस

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । मधेश, बाग्मती र कर्णाली प्रदेशका एक/दुई ठाउँमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको आंशिक

चलचित्र ‘बुलाकी’ आजदेखि प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘बुलाकी’ आजदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र यसअघि २०८० सालको वैशाखमा प्रदर्शनमा आएको भए पनि, दोस्रो दिनमै विभिन्न कारणले

चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक भएको छ । साउन १८ गते रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा एक्सन, प्रेम,