बालबालिकाको प्रतिरोधी क्षमता बढाउन आजदेखि स्वर्णप्राशन खुवाइँदै

काठमाडौँ । सरकारले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आजदेखि स्वर्णप्राशन खुवाउन लागेको छ । २५ जिल्लाका आयुर्वेद अस्पतालबाट स्वर्णप्राशन खुवाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बालबालिकाको शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्न हरेक महिनाको पुष्य नक्षत्रका दिन स्वर्णप्राशन खुवाइनेछ ।

नयाँ आर्थिक वर्षसँगै २५ जिल्ला र आउँदो आर्थिक वर्षदेखि ७७ वटै जिल्लामा लागू हुने गरी कार्यक्रम अघि बढेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ । विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार स्वर्णप्राशन परम्परागत रूपमा प्रयोग भए पनि आमबालबालिकाको हकमा प्रयोग गर्नका लागि वैज्ञानिक पुष्टिको खोजीपछि नेपाल सरकारले यो वर्षदेखि लागू गरेको हो । 

स्वर्णप्राशन घ्यू, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो । मह र घ्यू समान मात्रामा प्रयोग गरेर खाँदा विषाक्त हुने भए पनि महको दोब्बर घ्यूको मात्रा मिलाएर खाँदा आयुर्वेद अनुसार पनि स्वस्थकर हुने महानिर्देशक यादवले जानकारी दिनुभयो । छ महिना मुनिका शिशुलाई आमाको दूधबाहेक केही खुवाउन नहुने भनिएकोले उनीहरूको हकमा स्वर्णप्राशन कार्यक्रम लागू नहुने पनि विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस

लिखुमा सञ्चालित निःशुल्क प्रोष्टेट स्वास्थ्य परीक्षणमा १८० जनाले सेवा लिए

चौघडा । नुवाकोटको लिखु गाउँपालिकाको दुई स्थानमा सञ्चालन गरिएको निःशुल्क प्रोष्टेट स्वास्थ्य परीक्षण शिविरमा १८० जनाले सेवा लिएका छन् । लिखु

तादी गाँउपालिकाको सम्पूर्ण वडा 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपना' घोषणा

नुवाकोट । तादी गाँउपालिकाको सम्पूर्ण वडा 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपना' घोषणा गरिएको छ । यसअघि नै पालिकाको सबै वडालाई पूर्ण खोप सुनिश्चितता

नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउन ‘फ्लोसाइटोमेट्री’ परीक्षण

काठमाडौँ । नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउन ‘फ्लोसाइटोमेट्री’ परीक्षण थालिएको छ । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर