पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गरिरहेको समितिले ५ दिन थप समय माग्यो
काठमाडौँ । पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप ५ दिन समय मागेको छ ।
प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हिजो पत्राचार गरेको हो । गएको वैशाख २८ मा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य रहेको समिति गठन भएको थियो ।
समितिलाई शुरुमा १५ दिनको समय दिइएको थियो । समितिले गुरुङसँग बयान लिइसकेको छ । व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा समितिले छानबिन गरेको हो ।
भट्टको कम्पनीमा नाम जोडिएपछि गएको वैशाख ९ मा गुरुङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन
गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । आज दुई जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले
कात्तिक १७ मा उपनिवार्चन हुने
मनाङ । हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार










प्रतिकृया दिनुहोस