पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किंग्सले जित्यो

काठमाडौँ । नेपालमा पहिलो पटक भएको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल)को उपाधि अन्नपूर्ण स्पाइकर किंग्सले जितेको छ ।

हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो । उपाधिसँगै अन्नपूर्णले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

अन्नपूर्णले २५–१५, २५–२० र २५–१८ को सेटमा जित निकाल्यो । अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो । कर्णालीले भने प्लेअफमा काठमाण्डौ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

लिग चरणमा कर्णालीले अन्नपूर्णलाई ३–१ को सेटमा पराजित गरेको थियो । तर, फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो ।

पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लिगमा कुल ६ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको थियो ।

प्रतिकृया दिनुहोस

एसियन गेम्सका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा

काठमाडौँ । जापानमा हुने एसियन गेम्सका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नामावली घोषणा गरिएको छ । नेपाल

एसीसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने

काठमाडौँ । एसीसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एशिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ । टोली

यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । साथै इतिहास  दोहोर्‍याउँदै एकदिवसीय एशिया कपमा पुग्न सफल भएको छ । एसीसी प्रिमियर कप