भोटेकोशी बाढीका कारण ४१० मेगावाट विद्युत गुम्यो, ऊर्जा क्षेत्र पुनरुत्थानमा तीन खर्ब ९० अर्ब चाहिने
काठमाडौँ । भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढीका कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ ।
ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत् प्राधिकरणका ४७ जना कर्मचारीसहित आठ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन् । प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विपद्का कारण राष्ट्रिय प्रशारण प्रणालीबाट ४ सय १० मेगावाट विद्युत् गुमेको र समग्र ऊर्जा क्षेत्र पुन: उत्थानमा झण्डै ३ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढी चाहिने प्रारम्भिक अनुमान पेस गर्नुभयो ।
माथिल्लो त्रिशूली–१, थ्री–ए र रसुवागढी लगायतका आयोजनाहरू बाढीबाट बढी प्रभावित भएका छन् । भौतिक संरचनातर्फ ११ वटा विद्युत् केन्द्र बन्द भएका छन् भने ६ वटा निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ । सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म आधा तलब उपलब्ध गराउने घोषणा गरेको छ ।
साथै प्रभावित ग्राहकलाई महसुल मिनाहा र निःशुल्क मिटर दिने व्यवस्था गरिएको छ । रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत् पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
रसुवा बाढीका पीडित पहिचानका लागि चीनद्वारा नास्टलाई डीएनए परीक्षण प्रविधि हस्तान्तरण
काठमाडौँ । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री तथा प्रविधि
असोज ९ गतेदेखि प्रमुख नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अबका केही दिन प्रमुख नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान
भोटेकोशी बाढीको क्षति आङ्कलन गर्न सर्वेक्षण शुरु
काठमाडौँ । सरकारले भोटेकोशी नदिमा आएको बाढीका कारण पुगेको क्षतिको आंकलन गरी विपद् पछिको आवश्यकता मूल्याङ्कन पिडिएनए प्रतिवेदन तयारीका लागि अध्ययन







प्रतिकृया दिनुहोस