चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन

काठमाडौँ । चाडपर्वका बेला घर फर्कने यात्रुको सुरक्षा, सहज आवागमन तथा सम्भावित ठगी नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर २४ सै घण्टा उच्च सुरक्षा सतर्कतासहित प्रहरी परिचालन गरेको छ ।

दशैँ–तिहार लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत लामो दूरीका यात्रुवाहक गाडीका चालकको जाँडरक्सी तथा लागूऔषध खाएको परीक्षणदेखि राजमार्गका होटल तथा खाजा घरमा हुने कालोबजारी र बढी भाडा असुली नियन्त्रणसम्मका कार्यलाई कडाइ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले चाडपर्वका बेला प्रहरी कर्मचारीको नियमित बिदासमेत स्थगन गरी नागरिकको सुरक्षामा टोली परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार लामो दूरीका गाडी छुट्ने ठाउँमै चालकको अनुमति पत्र, गाडीको यान्त्रिक अवस्था तथा मादक पदार्थ र लागूऔषध सेवन गरे–नगरेको जाँच भइरहेको छ ।

त्यस्तै, राजमार्गका होटल तथा खाजा घरमा गुणस्तरहीन र मिसावटयुक्त खाना बिक्री गर्ने, बढी मूल्य असुल्ने तथा यात्रुलाई ठगी गर्ने प्रवृत्ति नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायसँगको समन्वयमा छड्के अनुगमन भइरहेको छ ।

प्रतिकृया दिनुहोस

भोटेकोशी र त्रिशूली बाढीबाट बगर बनेका क्षेत्रमा दशैँको उत्सव न उमङ्ग

काठमाडौँ । भोटेकोशी र त्रिशूलीमा गएको भदौ १० मा आएको बाढीले बगर बनेका क्षेत्रमा यस वर्षको दशैँ निरस भएको छ । वर्षभरको थकान बिर्सेर आफ्ना आफन्तसँग टीका

दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दशैंको अवसरमा काठमाण्डौ उपत्यकामा निःशुल्क बससेवा सञ्चालन गरेका छन् । नेपाल प्रहरीले उपत्यकाका तीन

बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौँ । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक

↑