बुकिङ खुलेको आधा घण्टामै सकियो एनपीएल उद्घाटन खेलको टिकट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलको अनलाइन बुकिङ खुलेको केही समयमै टिकट सकिएको छ ।
हिजो बेलुका ८ बजे खुलेको टिकट साढे ८ बजे नै सकिएको प्रतियोगिताको आधिकारिक टिकटिङ साझेदार इसेवाले जनाएको छ ।
एनपीएल सोमबारदेखि कीर्तिपुर मैदानमा शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।
नेपाल क्रिकेट संघ क्यानले लिग चरणका खेलका लागि साधारणतर्फ ५०० र प्रिमियमतर्फ एक हजार रुपैयाँ टिकट शुल्क निर्धारण गरेको छ ।
त्यस्तै, इलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार तथा प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ ।
एक हप्तापछि सञ्चालनमा आयो बेनी–दरबाङ सडक
काठमाडौँ । म्याग्दीको पश्चिमी भेगका तीन वटा पालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ । बेनी
मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला
काठमाडौँ । मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला भएका छन् । ट्रेकिङ एजेन्सिज् एसाेसिएशन अफ नेपाल (टान) ले मनास्लु लार्केपास
राष्ट्र बैंकद्वारा सुरक्षा सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वेबसाइटसम्बन्धी गम्भीर सुरक्षा जोखिम देखिएको भन्दै सुरक्षा सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ








प्रतिकृया दिनुहोस