‘नेपाल आइडल–५’ को उपाधि करणलाई

काठमाडौँ । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उहाँ विजेता बन्नुभएको हो ।

विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गर्नुभयो । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गर्नुभयो ।

विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिनुभएको मतका आधारमा विजेता चयन गरिएको हो । ‘नेपाल आइडल’को पाँचौँ संस्करणमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीले निर्णायक हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस

चलचित्र ‘नरसिंहा’ आजदेखि देशभर प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र नरसिंहा आजदेखि देशभर प्रदर्शनमा आएको छ । चर्चित निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार गरिएको यो चलचित्रले

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । मधेश, बाग्मती र कर्णाली प्रदेशका एक/दुई ठाउँमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको आंशिक

चलचित्र ‘बुलाकी’ आजदेखि प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘बुलाकी’ आजदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र यसअघि २०८० सालको वैशाखमा प्रदर्शनमा आएको भए पनि, दोस्रो दिनमै विभिन्न कारणले