‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला
काठमाडौँ । ‘मिस ग्राण्ड नेपाल, २०२४’ सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । हिजो आयोजित पत्रकार सम्मेलनमा आयोजक उमङ्ग क्रिएशन प्रालिका प्रबन्ध निर्देशक उद्धव अधिकारीले आवेदन खुला गरिएको र इच्छुकले यही असार ३१ गतेसम्म आवेदन दिनसक्ने जानकारी दिनुभयो ।
उनका अनुसार प्रतियोगितामा १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिनसक्ने छन् भने आवेदकहरुको उचाइ कम्तीमा ५ फिट ३ इञ्च हुनुपर्नेछ ।
कम्पनीका अनुसार प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस ग्राण्ड इन्टरनेशनल-२०२४’मा सहभागी हुन पाउनेछन् ।
“यो वर्ष ‘ब्रेभ, बोल्ड, ब्युटिफुल’ को नारासहित मिस ग्राण्ड नेपाल-२०२४ घोषणा गरिएको छ”, उनले भने, “प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौ ११ गते गरिनेछ ।”
त्यसअघि आगामी साउन २३ गते मिस ग्राण्ड नेपाल-२०२४ को क्राउन सार्वजनिक गरिने उनको भनाइ छ । कम्पनीले सन् २०२० देखि प्रत्येक वर्ष सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको छ ।
उमङ्ग क्रिएशनले सन् २०२३ मा ‘मिस ग्राण्ड इन्टरनेशनल’को फ्रेन्चाइज लिएको थियो । प्रतियोगिताको कोरियोग्राफरमा प्रशान्त ताम्राकार हुनुहुन्छ ।
चलचित्र ‘नरसिंहा’ आजदेखि देशभर प्रदर्शनमा
काठमाडौँ । नेपाली चलचित्र नरसिंहा आजदेखि देशभर प्रदर्शनमा आएको छ । चर्चित निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार गरिएको यो चलचित्रले
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ । मधेश, बाग्मती र कर्णाली प्रदेशका एक/दुई ठाउँमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको आंशिक
चलचित्र ‘बुलाकी’ आजदेखि प्रदर्शनमा
काठमाडौँ । चलचित्र ‘बुलाकी’ आजदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र यसअघि २०८० सालको वैशाखमा प्रदर्शनमा आएको भए पनि, दोस्रो दिनमै विभिन्न कारणले










प्रतिकृया दिनुहोस