डेङ्गी सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन आग्रह

काठमाडौँ । डेङ्गी सङ्क्रमणको जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले अहिले परेको पानी जम्मा भएको क्षेत्रमा डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेङ्गी सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ ।’

पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी रोग लाग्ने गर्दछ । शाखा प्रमुख डा. दाहालले गएको वर्ष धेरै डेङ्गी सङ्क्रमण भएका ३५ वटा पालिकामा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताउनुभयो ।

उहाँका अनुसार पुस १७  यता नौ सय ६८ जनामा सङ्क्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिँदा ४१ हजार आठ सय ६५ सङ्क्रमित र १५ जनाको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस

लिखुमा सञ्चालित निःशुल्क प्रोष्टेट स्वास्थ्य परीक्षणमा १८० जनाले सेवा लिए

चौघडा । नुवाकोटको लिखु गाउँपालिकाको दुई स्थानमा सञ्चालन गरिएको निःशुल्क प्रोष्टेट स्वास्थ्य परीक्षण शिविरमा १८० जनाले सेवा लिएका छन् । लिखु

बालबालिकाको प्रतिरोधी क्षमता बढाउन आजदेखि स्वर्णप्राशन खुवाइँदै

काठमाडौँ । सरकारले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आजदेखि स्वर्णप्राशन खुवाउन लागेको छ । २५ जिल्लाका आयुर्वेद अस्पतालबाट स्वर्णप्राशन

तादी गाँउपालिकाको सम्पूर्ण वडा 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपना' घोषणा

नुवाकोट । तादी गाँउपालिकाको सम्पूर्ण वडा 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपना' घोषणा गरिएको छ । यसअघि नै पालिकाको सबै वडालाई पूर्ण खोप सुनिश्चितता