नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउन ‘फ्लोसाइटोमेट्री’ परीक्षण

काठमाडौँ । नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउन ‘फ्लोसाइटोमेट्री’ परीक्षण थालिएको छ ।

चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको प्रकार अर्थात् ‘भेरियन्ट’ पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षणको शुरुआत भएको हो । यसका लागि अस्पतालले उपकरण जडान गरी डाक्टर र प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ ।

अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा. ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’ सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिसकिएको जानकारी दिनुभयो । विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो । यो सेवा शुरू भएसँगै १२ हजार रुपैयाँमा नै परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ ।

नेपालमा वर्षेनि कति जनालाई रक्त क्यान्सर हुन्छ भन्ने यकिन तथ्याङ्क स्वास्थ्यका निकायसँग छैन । ‘फ्लोसाइटोमेट्री’ रक्त क्यान्सर भएका बिरामीको हड्डीभित्रबाट मासी निकालेर गरिने एक प्रकारको उच्चस्तरको परीक्षण हो ।

एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएकोमा उनीहरू तालिम लिएर आएसँगै बीपी कोइराला क्यान्सर अस्पतालमा परीक्षण शुरू गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन मेशिन उपकरण जडान गरेर र जनशक्तिलाई तालिम प्रदान गरेर सेवा दिन थालिएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

लिखुमा सञ्चालित निःशुल्क प्रोष्टेट स्वास्थ्य परीक्षणमा १८० जनाले सेवा लिए

चौघडा । नुवाकोटको लिखु गाउँपालिकाको दुई स्थानमा सञ्चालन गरिएको निःशुल्क प्रोष्टेट स्वास्थ्य परीक्षण शिविरमा १८० जनाले सेवा लिएका छन् । लिखु

बालबालिकाको प्रतिरोधी क्षमता बढाउन आजदेखि स्वर्णप्राशन खुवाइँदै

काठमाडौँ । सरकारले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आजदेखि स्वर्णप्राशन खुवाउन लागेको छ । २५ जिल्लाका आयुर्वेद अस्पतालबाट स्वर्णप्राशन

तादी गाँउपालिकाको सम्पूर्ण वडा 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपना' घोषणा

नुवाकोट । तादी गाँउपालिकाको सम्पूर्ण वडा 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपना' घोषणा गरिएको छ । यसअघि नै पालिकाको सबै वडालाई पूर्ण खोप सुनिश्चितता