राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काडमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ ।

राजावादीको आन्दोलनमा सहभागी पूर्वगृहमन्त्रीसमेत रहनुभएका थापाले बालुवाटरतर्फ अघि बढ्नका लागि निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । थापासहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ । आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत दलहरू समर्थनसहित सहभागी भइरहेका छन् ।

आन्दोलनकारीहरूले राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र पुनर्स्थापना, सङ्घीयता खारेजीलगायत माग राखेका छन् ।

प्रतिकृया दिनुहोस

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । आज दुई जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले

पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गरिरहेको समितिले ५ दिन थप समय माग्यो

काठमाडौँ । पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप ५ दिन समय मागेको छ । प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप