८ महिनामा आए ७ लाख २० हजार पर्यटक
काठमाडौँ । पछिल्लो ८ महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगष्टमा मात्र ७२ हजार ७१९ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
यससँगै सन् २०२४ को ८ महिनामा सो संख्यामा पर्यटक आएको तथ्यांकले देखाएको छ । यस वर्ष मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ जना पर्यटक आएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । जुलाईमा सबैभन्दा कम ६४ हजार ५९९ पर्यटक आएको बोर्डको तथ्यांकमा देखिन्छ ।
अगष्ट महिनामा भएको आगमन सन् २०१९ को भन्दा कम हो । त्यस समय यो महिनामा ९४ हजार ७४९ जना पर्यटक नेपाल आएका थिए । नेपालले मनसुनमा लामो समयदेखि पर्यटक भित्राउन सकेको छैन ।
खासगरी पूर्वाधार क्षेत्र तहसनहस हुँदा सडक र हवाई यातायात असुरक्षित बनेको छ । यसको नकारात्मक असर पर्यटन क्षेत्रमा समेत देखिएको छ । अगष्टको आगमन सन् २०२३ को तुलनामा भने ८.२९ प्रतिशतले बढेको छ । २०२३ अगष्टमा ६७ हजार १५३ जना पर्यटक आएका थिए । कोभिड महामारीले असर गरेको वर्ष सन् २०२० देखि भने आगमन खस्किएको थियो ।
असोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । अघिल्लो महिना असोजमा आठ हजार नौ सय दुई जना
सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक
काठमाडौँ । सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ
सेवालाई चुस्त र प्रभावकारी बनाउने पर्यटनमन्त्री पाण्डेको प्रतिबद्धता
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतको सेवालाई चुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता










प्रतिकृया दिनुहोस