रसुवामा ड्रोनमार्फत वनस्पति र घाँसका बीउ छरियो

काठमाडौँ । रसुवामा डढेलोले उजाड बनाएको वन क्षेत्रमा ड्रोन प्रविधिमार्फत वनस्पति र घाँसका बीउ छरिएको छ । २०६५ सालको भीषण डढेलोका कारण उजाड बनेको क्षेत्रमा हरियाली फर्काउन डिभिजन वन कार्यालय रसुवाले बीउ छर्न थालेको हो ।

दुर्गम भौगोलिक अवस्थाका कारण बिरुवा रोप्न चुनौती भएपछि ड्रोन प्रविधिको प्रयोग गरिएको हो । पहिलो चरणमा १०० किलो बीउ छरिएको छ । डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङका अनुसार स्थानीय हावापानी अनुकूल सल्लो, धुपीलगायतका वनस्पतिका बीउसँगै राई घाँस र ह्वाइट क्लोभरजस्ता घाँसका बीउ पनि मिसाएर छरिएको छ ।

डढेलोका कारण यस क्षेत्रमा सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति नष्ट भएका थिए । डढेलोपछि माटोको उमार शक्ति कमजोर हुने भएकाले बीउमा आवश्यक पोषक तत्त्वसमेत मिसाएर छरिएको छ ।

बीउ छर्ने अभियान लगातार ३ वर्षसम्म सञ्चालन गरिने वन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

रसुवामा साढे ७ किलोभन्दा धेरै सुन बरामद

रसुवा । रसुवामा साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो । सात वटा बिस्कुट र केही

खेलकुद क्षेत्रको विकासमा सक्दो सहयोग हुनेछः मुख्यमन्त्री लामा

रसुवा । बागमती प्रदेशका मुख्यमन्त्री वहादुरसिंह लामाले राम्रो अध्ययनका साथै खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीको ध्यान

रसुवागढी जलविद्युत आयोजनाको १ सय ११ मेघावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडियो

काठमाडौँ । रसुवा। १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाले ब्यवसायिक उत्पादन सुरु गरेको छ । चिलिमेको सहायक कम्पनी रसुवागढी जलविद्युत